१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

किशोरको झोलामा भेटियो २१ लाख



झापा-विराटनगर महानगरपालिका–६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले किशोरको साथमा उक्त रकम फेला पारेको हो । प्रहरीले विभिन्न बैँकको चेक पनि भेटेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ९ : १० बजे