१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विरीङको पुल भासियो, शनिश्चरे दानावारी सडक खण्ड अवरुद्ध



बिर्तामोड-शनिश्चरे दानावारी सडक खण्ड आइतवारदेखि अवरुद्ध भएको छ । विरीङ खोलाको पुल भासिएपछि उक्त सडकमा सवारी आवागमन बन्द भएको हो ।

शनिवार रातिदेखि परेको पानीका कारण विरीङमा आएको बाढीले पुल भासिएको स्थानीयले बताएका छन् । २०६५ सालमा भारतीय दूतावासको सहयोगमा निर्माण भएको पुल जीर्ण भइसकेको छ ।

अर्जुनधारा नगरपालिकाले समयमा ध्यान नदिँदा पुल मर्मत नभएको स्थानीय सेवन्त ढकाल बताउँछन् । पुल भासिएपछि शनिश्चरे दानावारी सडक सञ्जालको सम्पर्क टुटेको छ । यद्यपि, दुई बैकल्पिक मार्गबाट भने आवतजावत गर्न सकिन्छ ।

पुल भासिनु अघि स्थानीयले दुवैतर्फ आवागमन ठप्प पारेका थिए । पुल भासिँदा पूर्वपट्टिको जग धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको स्थानीय जितेश योञ्जनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ००:००  ७ : ४३ बजे