१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

टाउकोमा खुकुरीले हानेर श्रीमतीको हत्या



इलाम- इलामको सूर्याेदय नगरपालिकामा गएराति एक जना महिलाको हत्या भएको छ । प्रहरीका अनुसार पारिवारिक विवादका क्रममा सूर्योदय नगरपालिका २ सयपत्री टोलमा बस्दै आएका पूर्णबहादुर तामाङले श्रीमती डम्वरकुमारीको हत्या गरेका हुन् ।

तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश जवेगुले घटनाको पुष्टि गर्दै पारिवारिक विवादमा पूर्णबहादुरले श्रीमतीलाई टाउकोमा खुकुरी हानेर मारेको बताए ।

घटनापछि पूर्णबहादुर फरार भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इलाम लगिएको छ । प्रहरीले पूर्णबहादुरको खोजी तीव्र बनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  १२ : २७ बजे