१ असार २०८३, सोमबार | Mon Jun 15 2026

झडपमा प्रहरीले गोली चलाउँदा युवकको मृत्यु



झापा-बारामा भएको झडपमा एक जनाको मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको विवादमा एक जनाको ज्यान गएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा सिम्रौनगढ १ का २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

टाउकोमा गोली लागेका मुखियाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड हवाइफायर गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ००:००  ९ : १९ बजे