१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना



झापा-नेपालको पूर्वी भूभागमा बंगालको खाडीको मध्य पश्चिम क्षेत्र आसपास विकसित भएको ‘मिचाउंङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव पूर्वी नेपालमा छ । जसका कारण हाल कोशी र लुम्बिनीका साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

राति आंशिक बदली भई कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बुधबार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।

महाशाखाका अनुसार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यत सफा रहनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ००:००  ८ : १३ बजे