५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रेमिकाले धोका दिएपछि हत्या गरेको स्वीकार



धरान-प्रेमिकाले धोका दिएको भन्दै एक युवकले हत्या गरेका छन् । धरान १६ का १९ वर्षीय सहिन भनिने बाबुराम भुजेलले सोही ठाउँकी सुमना श्रेष्ठको हत्या गरेका हुन्।

आफूहरू प्रेम सम्बन्धमा रहेको र सुमनाले धोका दिएपछि मारेर फालेको बाबुरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको पुष्टि गर्दै पक्राउ परेका भुजेलले प्रेममा धोका दिएकाले सुमनाको हत्या गरेको बयान दिएको जनाएका छन् ।

धनकुटाको मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार भुजेललाई प्रहरीले पक्राउ गरेको थियो । प्रेममा खटपट भएपछि चैत ६ गते सुमनालाई भेट्न गएका बाबुरामले रातको ९ बजे धरान १८ स्थित खोल्सामा हत्या गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ००:००  ६ : ०७ बजे