७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

बिर्तामोडमा बृहत् गजल गोष्ठी



रश्मिशेखर सुवेदी बिर्तामोड– झापाली साहित्य समाजको आयोजनामा गजलमा नारी श्रष्टा कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२ जना नारी श्रष्टाहरुले आ-आफ्ना गजल प्रस्तुत गरेका थिए ।

गजल वाचन गर्नेहरुमा कुमारी चेम्जोङ, चित्रा पौडेल, कल्पना आचार्य, लीला अनमोल, सुनिता तामाङ्ग, सृष्टि साबित्रा, टीका भट्टराई नेपाल, सुस्मा चिमरिया, रश्मि असफल, प्रीति बस्नेत, सरु आचार्य र दीपा दाहाल रहेका थिए ।

समाजका उपाध्यक्ष संगीता कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, गीतकार शिवशंकर थापा, आख्यानकार पुण्यप्रसाद खरेल, कवि केशव आचार्य, गजलकार बिवश बलिभद्र कोइराला लगायतले शुभकामना मन्तव्य तथा गजलका बिषयमा धारणा राखेका थिए ।

बिवेक निसानीले स्वागत र बिकास शिवाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन जीना अधिकारीले गरेकी थिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार ००:००  ८ : ३२ बजे