१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मोरङमा पनि डाक्टरमाथि हातपात



झापा-मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात भएको छ ।

हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा पनि चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको हो ।

चिकित्सकहरुको सुरक्षाको ग्यारेन्टी र हेटौंडा घटनामा संलग्नहरुलाई कारबाही हुनुपर्ने मागसहित देशभर आन्दोलित छन् ।

बुढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सन्दीप पोखरेलमाथि हातपात गरेका हुन् ।

बिहीबार माझीले अस्पतालको इमर्जेन्सी वार्डमा डिउटीमै रहेका डाक्टर पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विपिन यादवले जानकारी दिए ।

बिहीबार सार्वजनिक बिदा भएको हुँदा अस्पतालको बहिरंग सेवा ओपिडी बन्द रहेको अवस्थामा शुक्रराजले आफ्ना बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि लगेका थिए ।

तारिणीप्रसादलाई ज्वरो आएको भन्दै शुक्रराजले ओपिडी बन्द भएपछि अस्पतालको इमर्जेन्सी कक्षमा लगेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ९ : ५८ बजे