झापा-बिर्तामोड नगरपालिकाले ५९ औँ राष्ट्रिय वाल दिवसका अवसरमा शुक्रवार नगरस्तरीय वक्तृत्वकला आयोजना गरेको छ । नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ विषयक वक्तृत्वकला आयोजना गरेको हो ।
वक्तृत्वकलामा महेन्द्ररत्न मावि कक्षा १० की छात्रा निर्जला आचार्य प्रथम भएकी छन् । प्रतियोगितामा तक्षशिला स्कूल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतीय भएका छन् ।
इडेन गार्डेन आवासीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहारा सान्वत्ना भएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताका विजेताले क्रमश पाँच हजार, चार हजार, तीन हजार र एक हजाररुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकास शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मिला राजवंशी र लक्ष्मी खतिवडाको पनि उपस्थिति रहेको थियो ।