१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

सामूहिक बलात्कार मुद्दामा कराँते प्रशिक्षकसहित दुई जना दोषी ठहर



विराटनगर– सामूहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ ।

मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले राउत र सुवेदीले गरेको कसुर ठहर गरेको हो । कसुर ठहर भएपछि सजाय निर्धारण भने कार्तिक २२ गतेको इजलासले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो ।

दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ००:००  ९ : ११ बजे