१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

‘अहिलेको व्यवस्थामाथि छिट्टै संकट आउँछ’



काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले गणतान्त्रिक व्यवस्थामाथि छिट्टै संकट आउन लागेको बताएका छन् ।

मार्क्सवादी अध्ययन केन्द्रले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले राजनीतिक नेतृत्वमा देखिएको नैतिक र सैद्धान्तिक संकट टर्न नसक्ने बताएका हुन् ।

महासचिव भुसालले नेताहरू पार्टीको घेरा तोडेर बहसका लागि तयार नहुने हो भने समस्या झन् बढ्ने र पार्टीहरु पनि संकटमा पर्ने बताए ।

व्यवस्थामाथिको संकट टार्न वामपन्थी दलहरू एकबद्ध हुनुको विकल्प नभएको औल्याउँदै महासचिव भुसालले हिजोका गल्तीबाट पाठ सिक्नुपर्ने बेला आइसकेको उल्लेख गरे ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ७ : ३५ बजे