१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडको होटल हिकोला हेरिटेज नवौँ वर्षमा प्रवेश



बिर्तामोड-झापा बिर्तामोडको होटल हिकोला हेरिटेज आजदेखि आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । पर्यटन प्रवर्धनमा सहयोग पुग्ने गरी होटल हिकोला हेरिटेज स्थापना भएको थियो ।

तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेको होटलले प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहका व्यक्तित्व, कुटनीतिक नियोगका अधिकारी लगायतका विशिष्ट पाहुनालाई स्वागत गरिसकेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेको होटलमा आकर्षक र सुविधा सम्पन्न रुम छन् । ‘हाम्रो सेवा र सत्कारलाई धेरै स्वदेशी र विदेशी पाहुनाले रुचाएका छन्’, होटलका सञ्चालक देवीभक्त श्रेष्ठले भने ।

पारिवारिक वातावरणको रेस्टुरेन्ट होटलले सञ्चालन गर्दै आएको छ । रेष्टुरेन्टमा खानाका विभिन्न परिकार उपलब्ध छन् । धेरै पाहुनाको रोजाईमा थकाली खाना छ । भीआइपी वार र सुविधा सम्पन्न कोठा पाहुनाका लागि आकर्षणका केन्द्र छन् ।

होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठ पर्यटकको चाहना अनुसारका सेवा सुविधा विस्तार गर्दै लैजाने नीति रहेको बताउँछन् । ‘छिट्टै कपीसप सञ्चालन गर्ने योजनामा छौँ’, प्रवन्ध निर्देशक श्रेष्ठले भने ।

नवौँ वर्ष प्रवेशको अवसरमा होटलले खानामा १० प्रतिशत र रुममा १५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । आगामी तीन महिनासम्म छुट सुविधा उपलब्ध रहेको होटलका मेनेजर विवेक बरालले बताए ।

वार्षिकोत्सव मनाइँदै
आज होटल हिकोला हेरिटेजको वार्षिकोत्सव मनाइँदैछ । साहित्य चौतारीको सभाहलमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको हो ।

पर्यटन प्रवर्धनमा साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरिने सञ्चालक देवीभक्त श्रेष्ठले बताए । साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभासहित होटलको वार्षिकोत्सव पनि मनाउन लागेको हो ।

काँकडभिट्टामा पनि छ हिकोला हेरिटेज
बिर्तामोडमा मात्र होइन, काँकडभिट्टामा होटल हिकोला हेरिटेजको शाखा सञ्चालनमा छ । सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने पर्यटकको सुविधाका लागि काँकडभिट्टाको बाहुनडाँगी रोडमा होटल खुलेको हो । तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटलको उद्घाटन गरेका थिए ।

कोरोना संक्रमणकालमा होटल सञ्चालनमा आउन नसके पनि अहिले भने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ । व्यवस्थापनमा ध्यान दिन सके पाहुनाको कमी नहुने अनुभव होटल सञ्चालक श्रेष्ठको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ९ : २६ बजे