१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माङसेबुङका विद्यार्थीलाई पीएचडी गर्न छात्रवृत्ति



इलाम–इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधी अर्थात पीएचडी गर्न चाहनेका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ । उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनको नीति लिएको हो ।

गाउँसभामार्फत कानुन बनाएर पीएचडी गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति दिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष हेमन्त राईले बताए । त्यसका लागि छात्रवृत्ति सम्बन्धी ऐन २०८० बनाइएको छ ।

छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् । छात्रवृत्ति लिन गाउँपालिकाको स्थायी बासिन्दा भई नेपालको कुनै विश्वविद्यालबाट पीएचडी गर्नु पर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  ७ : ३९ बजे