१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

जापान जाने तयारी थिइन् जेसिका, बचाउने प्रयास असफल



झापा-उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहेकी झापाको बाह्रदशी-५ की १८ वर्षीया जेसिका सिग्देलले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकी छन् ।

सवारी दुर्घटनामा परेर घाइते भएकी सिग्दलेको झापाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सवार मे ३ प ५४६३ नम्वरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई पुलमा बुधवार साँझ दुर्घटना भएको थियो ।

साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा सिग्देल घाइते भएकी थिइन् । दाहिने कानबाट अत्याधिक रक्तश्राव भएपछि उनलाई बचाउने चिकित्सकीय प्रयास असफल भएको हो ।

घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–९ निवासी ४० वर्षीय रुद्रप्रसाद न्यौपाने पनि घाइते भएका थिए । न्यौपानेको हात, ढाडमा चोट लागेको छ ।

पारिवारिक स्रोतका अनुसार सिग्देल जापान जाने तयारीमा थिइन् । महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी सिग्देल आफ्ना डकुमेन्ट पुर्याएर विराटनगरबाट फर्किँदा दुर्घटनामा परेकी हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ४ : १० बजे