१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अनुमतिबिना औषधि बेच्दा छ लाख जरिवाना



इलाम-इलाम प्रशासनले अनुमति विनाका औषधि बेचेको अभियोगमा जिल्लाका तीनवटा औषधि पसललाई दुई लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।

बजार अनुगमनका सिलसिलामा जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले इजाजत बिनाका औषधि बेचेको अभियोगमा ती पसलमाथि कानुनी कार्वाही प्रक्रिया अघि बढाउँदै जरिवाना गरेको हो ।

नियमविपरीत औषधि बेचेको पाइएपछि इलाम सदरमुकामका दुर्गा मेडिकल र माइपोखरी डेन्टल र फिक्कलको पार्वती मेडिकोलाई दुई लाखका दरले जरिवना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  १० : १६ बजे