१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

गृहमन्त्री श्रेष्ठ स्वदेश फर्किँदै




झापा-चीन भ्रमणका क्रममा हृदयघात भएपछि बेइजिङमै अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपछि दुई दिनअघि उनी डिस्चार्ज भएका थिए ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन बीएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयघात भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ अहिले केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवलायले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  १० : ०८ बजे