१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

रोजगारीमा जाँदा तिर्नु पर्ने शुल्कमा चार गुणा वृद्धि



झापा-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिने शुल्क बढाएको छ । साविकको शुल्कमा पुनरावलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुल्क बढाएको हो ।

रोजगारीमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा शुल्कबापतको रकम चार गुणा वृद्धि गरिएको छ । मन्त्रालयले यसअघि सात सय मात्रै शुल्क लिँदै आएको थियो ।

अहिले वृद्धि गरेर दुई हजार आठ सय रुपियाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए । अनलाइन परीक्षासमेत दिनुपर्ने व्यवस्था थप गरेर दुई हजार आठ सय रुपियाँ पुर्‍याइएको उनले जानकारी दिए ।

हालको शुल्कमा तालिम दिन सक्ने अवस्था नभएकाले तालिमको गुणस्तरलाई ध्यानमा राखेर शुल्क वृद्धि गरिएको मन्त्रालयको तर्क छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ००:००  ७ : ५८ बजे