१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

होटल हिकोलामा गुञ्जिने भए गजलकार प्रदीप रोदन




बिर्तामोड- झापाको काँकडभिट्टामा रहेको होटल हिकोला हेरिटेजमा गजलकार प्रदीप रोदन गुञ्जने भएका छन् । होटलको तेस्रो वार्षिकोत्सवको अवसरमा गजलकार प्रदीप रोदनको एकल गजल साँझ आयोजना हुन लागेको हो ।

माघ २६ देखि २८ गतेसम्म तीन दिन साङ्गीतिक साँझको आयोजना गरिएको होटलका सञ्चालक देवीभक्त श्रेष्ठले बताए । माघ २६ गते बिहीबार गायक यम बरालको एकल प्रस्तुति रहनेछ ।

माघ २७ गते शुक्रबार गायक नाम्गेल तामाङ र कृपा पौडेलको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । गायक तामाङ नेपाल आइडल सिजन चारका फस्ट रनरअप हुन् । त्यसैगरी गायिका पौडेल सारेगमप लिटल च्याम्पकी विजेता हुन् ।

तीन दिने साङ्गीतिक साँझको अन्तिम दिन अर्थात माघ २८ गते गजलकार रोदनको एकल गजल वाचन कार्यक्रम रहेको साहित्य चौतारी झापाकी मासिक सांगीतिक काव्यसभा संयोजक सुनिता तामाङले बताइन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार ००:००  १० : ४० बजे