१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

पत्रकार अम्बिका भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कार



मेचीनगर– मेची उद्योग वाणिज्य सङ्घले राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

संघको १९ औँ साधारण सभाको अवसरमा बुधबार धुलाबारीमा आयोजित कार्यक्रमका बीच पत्रकार भण्डारीलाई २१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा काेसी उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले पत्रकार भण्डारीलाई सम्मान पत्र प्रदान गरेका हुन् । पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् ‌।

राष्ट्रिय समाचार समिति झापाकी कार्यालय प्रमुख रहिसकेकी भण्डारीले ग्रामीण क्षेत्रका विषयवस्तुलाई उच्च महत्व दिँदै आफ्नो पत्रकारिता यात्रालाई थप चलायमान र प्रभावकारी बनाइरहेकी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार ००:००  ७ : २१ बजे