९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

विराटनगर भन्सारका प्रमुख अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर



मोरङ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायत चारजना विरुद्ध विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरेको हो ।

सापकोटासँगै भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि शरनकुमार खरेलविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र सिस्टमबाट डिलिट गरी अनियमितता गरेको भन्दै उनीहरुमाथि आयोगमा उजुरी परेको थियो ‌। उनीहरू विरुद्ध ८४ लाख ५५हजार ६०५ बिगो कायम गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार ००:००  ५ : १५ बजे