१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राप्रपा नेता राेहित राजवंशीको निधन



बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोहित राजवंशीको निधन भएको छ । भद्रपुर निवासी राजवंशी लामो समयदेखि मृगौला रोगको संक्रमणबाट पीडित थिए ।

भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका क्रममा आज दिउँसो राजवंशीको निधन भएको हो । राप्रपाका तर्फबाट पूर्व जिल्ला उपसभापति रहेका राजवंशी सरल र मिलनसार स्वभावका थिए ।

राप्रपा नेपाल झापाका संस्थापक अध्यक्ष समेत रहेका राजवंशीको निधनप्रति विभिन्न क्षेत्रका महानुभावले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  ४ : १६ बजे