९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

कनकाईकाे खाडी बस्तीमा दुर्घटना हुँदा मिश्रको मृत्यु



बिर्तामोड– झापाको कन्काई नगरपालिका ८ खाडी बस्तीमा सोमबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय सागर मिश्र रहेका छन् ।

घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे.१ त ११५१ नम्बरको ट्याक्टरले मिश्र सवार प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मिश्रको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले ट्याक्टर चालक बिर्तामोड-४ का कृष्णप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ८ : २७ बजे