८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार



बिर्तामोड–झापाको मेचीनगर १ की १४ वर्षीया एक बालिका साता अघिदेखि वेपत्ता भएकी छन् । मेचीनगर–१ त्रिवेणी टोल देवीगञ्जकी सम्झना मगर हराइरहेकी हुन् । उनको खोजीका लागि परिवारजनले हार गुहार गरेका छन् ।

सञ्जीव मगर र राधा गिरीकी छोरी सम्झना घरबाटै वेपत्ता भएको जनाइएको छ । आफन्तको समेत गएको नभेटिएको भन्दै परिवारजनले खोजीका लागि सघाउन अनुरोध गरेका हुन् ।

बालिका वेपत्ता भएकोबारे प्रहरीलाई पनि जानकारी गराइसकिएको छ । परिवारले बालिकाको कुनै जानकारी पत्ता लागे खबर गरिदिन सम्पर्क नम्वर ९८४२४३०४१० र ९८४६६८४४८० पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार ००:००  ८ : ४० बजे