१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

क्रेन दुर्घटना हुँदा सह चालकको मृत्यु




झापा- मकवानपुरको हेटौँडा–१५ रातोमाटेमा बिहीवार बिहान क्रेन दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सह चालक विपिन महतो रहेका छन् ।

चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन बिहान पौने ६ बजे आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालेर उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

पर्साको वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय चालक दशरथ पासवान भने दुर्घटनामा सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ९ : ३० बजे