बिर्तामोड– झापाको हल्दीवारीमा शुक्रवार बिहान हात्तीको आक्रणबाट एक युवकको मृत्यु भएको छ । हल्दीवारी-३ स्थित रणकाली सामुदायिक वनभित्र हात्तीले आक्रमण गर्दा स्थानीय धनबहादुर वनको मृत्यु भएको हो ।
हात्तीले मान्छे मारेको सूचना पाउनासाथ प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटिएको थियो ।