१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

रोजगारीका लागि बेलायत जान ७५ जना नर्स छनोट



झापा- नेपालसँग भएको समझदारी अनुसार रोजगारीका लागि बेलायत जान ७५ जना नर्स छनोट भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मापदण्डका आधारमा ती नर्स छनोट गरेको हो ।

मन्त्रालयका अनुसार बेलायतमा रोजगारीका लागि एकसय जना नर्स माग गरिएको थियो । तर, मागभन्दा कम नर्स छनोट गरिएको छ । आवेदन गरेकामध्ये ७५ जनाको मात्रै मापदण्ड पुगेको र आवश्यक कागजात प्राप्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार व्यवस्थापन शाखाका अधिकृत धनन्जयकुमार साहका अनुसार बेलायत जानका लागि ७७१ जनाले अनलाइन फारम भरेका थिए । तर, ७५ जनाले मात्रै मापदण्ड अनुसारको कागजात पेश गरेका छन् ।

अनलाइनमार्फत् आवेदन गरेकाहरूलाई आवश्यक कागजात सबमिट गर्नको लागि थप समय दिन सकिने विभागले जनाएको छ । यद्यपि, यस विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ९ : २२ बजे