१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मकैमा घोगा नलागेपछि सरकारी टोली अनुगमनमा



सर्लाही-बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले मधेस प्रदेशका जिल्लामा अनुगमन टोली परिचालन गरेको छ । पर्सादेखि सर्लाहीसम्मका केही जिल्लामा मकै बालीमा घोगा नलागेपछि अनुगमनका लागि केन्द्रीय टोली परिचालन भएको हो ।

केन्द्रले राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका अधिकृत भीमनाथ अधिकारीको संयोजकत्वमा टोली खटाएको छ । टोलीले पर्साबाट अनुगमन सुरु गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कुशेश्वर साहले जानकारी दिए ।

अनुगमन टोलीले बारा, पर्सा रौतहट र सर्लाही लगायतका जिल्लामा पुगेर मकै बालीको अनुगमन गर्नेछ । स्थानीय किसानले तीन/चार जातका मकै लगाएका छन् । ती मकैमा घोगा नलाग्ने समस्या देखिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार ००:००  ८ : ०३ बजे