बिर्तामोड-सवारी ज्यान मुद्दाका फरार अभियुक्त झापाको गौरादहका चित्रबहादुर भनिने पृथ्वीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले शनिवार कार्कीलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले २०७८ चैत १० मा कार्कीलाई दुई महिना कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
आइतवार अदालतमा पेश गरिएका कार्कीलाई कैद सजाय भुक्तानका लागि झापा जिल्ला कारागार चलान गरिएको छ ।