बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले झापाका दुई जना पत्रकारलाई शनिवार सम्मान गरेको छ । साधारण सभाको अवसर पारेर सिम्रिकले पत्रकारहरु लक्ष्मी उप्रेती र युवराज विवशलाई सम्मान गरेको हो ।
१३ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकारद्वयलाई सम्मान गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले बताए । नगर प्रमुख पवित्रा महतारा प्रसाईले उनीहरुलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेकी हुन् ।
पत्रकारसँगै थप पाँच जना सम्मानित भएका छन् । उत्कृष्ट बचतकर्ता बिर्तामोडका मित्रप्रसाद घिमिरेलाई नगद ५ हजार प्रदान गरिएको छ ।
उत्कृष्ट सेवा केन्द्र प्रमुखका रुपमा धुलाबारी सेवा केन्द्र प्रमुख अञ्जु प्रधान, इलामको नेपालटार सेवा केन्द्र प्रमुख तीर्थराज सुवेदी, मोरङको लेटाङ सेवा केन्द्र प्रमुख मोहन घिमिरे पुरस्कृत भएका छन् ।
उत्कृष्ट सेवा केन्द्र प्रमुखलाई जनही २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।
स्वेच्छिक अवकास लिएकी कर्मचारी दुर्गा पौडेललाई दुई लाख २५ हजार रुपैयाँसहित संस्थाले बिदाई गरेको छ ।