१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लास्तरीय जनसभाको तयारी



बिर्तामोड-राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको बिर्तामोडमा जिल्लास्तरीय जनसभाको तयारी गरेको छ ‌। दुई अलग अलग स्थानमा जनसभाको तयारी गरिएको हो ‌।

भदाै १ र २ गते बिर्तामोड र दमकमा जनसभा आयोजना गरिएको छ । जनसभालाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछाने सहितका नेताहरु झापा आउन लागेको प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए ।

जनसभालाई सभापति लामिछानेसहित महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य तथा संघीय सांसद मनिस झा, नीशा डाँगी, रमेश प्रसाई लगायतले सम्बोधन गर्ने छन् ।

साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको जनसभालाई सम्वोधन गरेर झापा आउने लामिछानेको सचिवालयले जनाएको छ ।

लामिछाने सांसद निर्वाचित भएपछि पहिलो पटक झापा आउन लागेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  १ : ३० बजे