बिर्तामोड-नेकपा एमालेले कात्तिक १४ गते चियापान आयोजना गर्ने भएको छ । वडादशैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा एमाले सदाझैँ यसपटक पनि चियापान आयोजना गरेको हो ।
दशैँ, तिहार, नेपाल सम्वत् र छठपर्वलाई लक्षित गरी कार्यक्रम तय गरिएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गगन विष्टले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा चियापान हुनेछ ।