१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा ५० हजार चालक कार्वाहीमा, ट्राफिक प्रहरीले उठायो साढे तीन करोड जरिवाना



बिर्तामोड-जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनामा ५० हजार भन्दाबढी सवारी र तिनका चालकलाई कार्वाही गरेको छ । नियम पालना नगर्ने सवारी ट्राफिक प्रहरीको कार्वाहीमा परेका हुन् ।

चालु आर्थिक वर्षको जेठ महिनासम्म ५० हजार तीन सय सवारी साधन र तिनका चालकलाई कार्वाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए ।

सवारीको स्वरुप बिगार्ने, मापसे गरेर चलाउने, नियम उलङ्घन गर्ने, सवारी चालक अनुमति पत्र विना चलाउने लगायतका विषयमा ट्राफिक प्रहरीले चालकमाथि कार्वाही गरेको छ ।

सवारी र तिनका चालकमाथि कार्वाही गरेर झापा ट्राफिक प्रहरीले तीन करोड ४५ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको छ । मापसे गरेर सवारी चलाउने चालकबाट मात्रै १९ लाख रुपैयाँ जरिवाना असुल भएको प्रहरी सहायक निरीक्षक खँड्काले बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ८ : ०९ बजे