१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

कोसीको मुख्यमन्त्रीमा नियुक्त भए थापा, विश्वासको मत लिन छैन् सहज



झापा-प्रदेश १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

‘संविधानको धारा १६८(२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरिएको छ । झापाको अर्जुनधाराका स्थायी बासिन्दा थापा काङ्ग्रेसबाट समानुपातिक तर्फका उमेद्वार हुन् ।

संसदीय राजनीतिमा पहिलो अनुभव भए पनि सत्ता गठबन्धनको जोडबलले उनलाई मुख्यमन्त्रीको पद सम्हाल्ने अवसर मिलेको छ । यद्यपि, प्रदेश सभाबाट विश्वासको मत पाउने सुनिश्चित आधार तय भई नसकेको विद्यमान राजनीतिक अवस्था थापाका लागि सबैभन्दा चुनौतपिूर्ण हुनेछ ।

थापाले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । अहिलेको राजनीतिक समीकरणमा कुनै फेरबदल नभए थापालाई विश्वासको मत लिन सजिलो छैन् ।

प्रदेश सभाको अंक गणितले राजनीतिक स्थायित्वको बाटोमा जान कोसी प्रदेशलाई सहज नभएको संविधानका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ६ : ५९ बजे