१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

झापाको अर्जुनधारामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड



बिर्तामोड–झापाको अर्जुनधारामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।

अर्जुनधारास्थित शनिश्चरे माविको खेल मैदानमा प्रतियोगिताको उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्डका लागि झापाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता भएको थियो । १३ औँ राष्ट्रपति रनिङ शिल्ड जितेको अर्जुनधारा नगरपालिकाले यसपटक प्रतियोगिता आयोजना गरेको हो ।

राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका खेलहरु सञ्चालन गरिनेछ । प्रतियोगितामा ४१८ पदकका लागि १८ वर्षमुनिका एकहजार पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्राविधिक प्रमुख वरिष्ठ प्रशिक्षक कालु मेचेको नेतृत्वमा एकसय भन्दाबढी प्रशिक्षक तथा अफिसियल प्राविधिक परिचालन हुनेछन् । जिल्लाबाट छानिएका खेलाडीले प्रादेशिक तहमा प्रतिस्पर्धा गर्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ८ : २१ बजे