१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

दशैँको मुखमा विदेशिए ५६ हजार युवा



झापा– रोजगारीका लागि असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवा विदेश जानेक्रम बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८–र८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीका लागि विदेश गएका हुन् ।

विदेशिनेमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला रहेका छन् । साउन महिनामा पनि सोही हाराहारीमा युवा बिदेसिएका थिए ।

वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गतवर्ष भन्दा उच्च रहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए । भदौमा ५० हजार आठ सय ८४ जना युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ३ : ३३ बजे