बिर्तामोड– न्यूटन्स एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८० को वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले वार्षिक कार्यक्रम अनुसार विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । सप्ताहव्यापी रुपमा सञ्चालन भएको खेलकुदको शनिवार विशेष कार्यक्रम गर्दै समापन गरिएको छ ।
खेलकुदमा कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका छन् । फुटबल, रिले दौड, टिटि , चेस, ब्याडमिन्टन लगायतका २० विधामा खेल प्रतियोगिता गरिएको छ ।

समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिव बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत गरेका थिए भने सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा नगर प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल, बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन ,बिद्यालय ब्यबस्थापन समिति सदस्य गोपिकृष्ण प्रसाईं, मञ्जु राई, अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टराई, उपाध्यक्ष गौरी भण्डारी, लब चौधरी लगायतको उपस्थिति रहेको थियो ।
