१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ब्राउन सुगरसहित दमकका बस्नेत पक्राउ



काँकडभिट्टा-झापाको दमक ८ का नवीन बस्नेत ब्राउन सुगर सहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले बस्नेतको खानतलासी लिएको थियो । प्रहरी चेकजाँचका क्रममा उनको साथमा २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेटिएको हो ।

पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ८ : ३१ बजे