१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

उदयपुरमा दुई दिने होमस्टे सम्मेलनको तयारी



विराटनगर-कोशी प्रदेश सरकारले उदयपुरमा दुई दिने होमस्टे सम्मेलन गर्ने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा होमस्टे सम्मेलन हुन लागेको हो ।

फागुन २९ र ३० गते उदयपुरको त्रियुगा नगरपालिका-८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा होमस्टे सम्मेलन हुने पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

सम्मेलनमा प्रदेशभरिका १०५ वटा निजी तथा सामुदायिक मस्तिका प्रतिनिधिहरू सहभागी हुनेछन् । होमस्टेमा आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्न सकिने गरी १३ वटा स्थल समेत तयार पारिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ९ : १८ बजे