१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

देउता चढेको भन्दै खुकुरी हान्दा महिलाको मृत्यु, आमा छोरा घाइते



झापा-देउता चढेको भन्दै खुकुरी हान्दा शनिवार दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उप महानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भएको हो ।

आफूलाई देउता चढेको भन्दै छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा घर नजिकै लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हमालले बाटो हिँड्दै गरेका अरु दुई जनालाई पनि खुकुरी हानेका छन् । खुकरी प्रहारबाट घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले बताए ।

हमालले प्रहार गरेको खुकुरीको चोटले स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल घाइते भएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार ००:००  ८ : ५० बजे