बिर्तामोड–सौर्य उर्जामा आधारित विद्युत् उत्पादन परियोजनाको माघ २३ गते उद्घाटन हुने भएको छ । झापाको शिवसताक्षी–४ सालमारामा निर्माण भएको परियोजनाको उद्घाटन तयारी भइरहेको हो ।
झापा इनर्जीको ८० करोड लगानीमा स्थापना भएको परियोजना १० मेगावाट क्षमताको छ । परियोजनाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले बताए ।
सोलार प्यानलमार्फत बिजुली उत्पादन गर्ने यो परियोजना पूर्वी नेपालमा एउटा रणनीतिक महत्वको व्यवसायिक योजना हो । २२ विघा क्षेत्रफलमा फैलिएको परियोजनामार्फत उत्पादन भएको बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सवस्टेसनमा जोडिएको छ ।