१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

बालबालिकामा आँखाको संक्रमण : विद्यालयमा पठनपाठन बन्द



बिर्तामाेड– आँखाको संक्रमण प्रकोपका रुपमा फैलिएपछि झापाका स्थानीय तहले आवश्यकता अनुरुप विद्यालय बन्द गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आँखाको संक्रमणका कारण बालबालिका धमाधम बिरामी पर्न थालेपछि थप संक्रमण फैलिन नदिन सरोकारवालालाई विद्यालय बन्द गर्न निर्देशन दिएको सम्बन्धित शिक्षा शाखाले जनाएका छन् ।

बिर्तामोड नगर शिक्षा शाखा अधिकृत केशर खवासले संक्रमण धेरै भएका विद्यालयलाई आइतबार र सोमबार पठनपाठन बन्द गर्न निर्देशन दिइएको बताए ।

बालबालिकामा आँखाको संक्रमण फैलिन थालेपछि स्थानीय तहले आवश्यक सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल पनि गरेका छन् ‌

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ९ : ०२ बजे