१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हाजिरी जमानतमा छुटे माओवादी केन्द्रका उपाध्यक्ष महरा



काठमाडौँ-माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् । चैत ५ गते उनलाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

सुन तस्करी प्रकरणमा मुछिएका महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छोडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

महराको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छोडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ००:००  २ : ५२ बजे