१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

शिवसताक्षीकाे जंगल वरपर हात्तीको हञ्जा : सावधानी अपनाउन नगरपालिकाको अपिल



सतासीधाम– झापाको माइधार क्षेत्र वरपर हात्तीको हञ्जा प्रवेश गरेको भन्दै आवश्यक पूर्व सतर्कता अपनाउन शिवसताक्षी नगरपालिकाले सार्वजनिक अपिल गरेको छ ।

स्थानीय बासिन्दाका अनुसार ३१ वटा हात्ती माइधारको जङ्गल क्षेत्र वरपर घुमिरहेका छन् । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले सावधानी अपनाउन आग्रह गरिएको बताए ।

नगर प्रमुख थोप्राले केहीबेर अघि सामाजिक सञ्जालमार्फत जङ्गल क्षेत्र वरपर एक्लै घाँस दाउरा लागि नजान समेत स्थानीय बासीलाई आग्रह गरेका छन् ।

हात्तीको बथान यलम्बर चोक, मिलन चोक, संगम चोक र माइधार आसपास घुमिरहेको नगर प्रमुख थोप्राले जानकारी दिए ।

एक साताअघि रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल क्षेत्रभित्र घाँस दाउराका लागि गएकी शिवसताक्षी ११ की पवित्रा भेटवालको हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।

शुक्रबारराति कमल गाउँपालिका-५ मा पनि हात्तीको आक्रमणबाट ५८ वर्षीय खड्गमाया लिम्बुले ज्यान गुमाएकी थिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार ००:००  ११ : २९ बजे