७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

एनसेल खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छ : राप्रपा अध्यक्ष लिङ्देन



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद बिक्री प्रकरणमा सरकारको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरेका छन् ।

झापाको बिर्तामोडमा शनिबार आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले सरकारको संलग्नताबिना एनसेलको खरिद बिक्री हुन नसक्ने जिकिर गरेका हुन् ।

अध्यक्ष लिङ्देनले खरिद बिक्री प्रकरणका दोषीलाई कारबाही गर्न नसकेकाले पनि सरकारको संलग्नता पुष्टि हुने बताए ।अर्बौं ऋण लिएर बनाइएका ठूला विमानस्थल सञ्चालन हुन नसकेको जनाउँदै राप्रपा अध्यक्ष लिङदेनले ती आयोजनामा पनि भ्रष्टाचार भएको तर्क गरे ।

असन्तुलित परराष्ट्र नीतिका कारण वैदेशिक हस्तक्षेप बढेको बताउँदै राप्रपा अध्यक्ष लिङ्देनले ठूला दलहरूको भूमिकाका कारण निर्वाचनमा समेत विदेशीहरूले चलखेल गर्ने गरेको आरोप लगाए ।

नेपालका आयोजनाहरूमा भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौताप्रति आपत्ति जनाउँदै राप्रपा अध्यक्ष लिङ्देनले नेपाल शक्ति राष्ट्रहरूको खेल मैदानमा परिणत भएको बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ००:००  १० : ०६ बजे