१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दुई जना पत्रकार सम्मानित



बिर्तामोड- नेवाः संस्था नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना सक्रिय पत्रकारलाई सम्मान गरेको छ । नेवाः पासा मुना पुच बिर्तामोडको सोमवार सम्पन्न ३० औँ साधारण सभामा एपीवान टेलिभिजनका बिष्णुकुल श्रेष्ठ र जनआन्दोलन डटकमका जोस्ना श्रेष्ठ सम्मानित भएका हुन् ।

नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको क्षेत्रबाट भूमिका निर्वाह गरेकाले पत्रकार श्रेष्ठ द्वयलाई प्रशंसा पत्रले सम्मान गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् गणेश बज्रचार्यबाट सम्मानित द्वयलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार ००:००  २ : २० बजे