१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्वमा अधिक वर्षा : कोशीका ५६ वटै ढोका खोलिए, प्रशासन ‘हाई अलर्ट’ मा



सप्तरी- सप्तरीको कोशी ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव निकै बढेपछि गएरातिदेखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ ।

बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले बताए ।

पूर्वी पहाडी जिल्लामा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् ।

सप्तकोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेको छ । स्थानीय प्रशासनले आफूहरु हाई अलर्टमा रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ००:००  ७ : ५४ बजे