१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

तीर्थयात्री चढेको अटो दुर्घटना : झापा अर्जुनधाराकी शारदा कार्कीको मृत्यु



झापा- भारतको भागलपुरमा मंगलवार राति भएको सवारी दुर्घटनामा झापाको अर्जुनधारा ९ कार्की डाँडाकी शारदा कार्कीको मृत्यु भएको छ । ५५ वर्षीय कार्की श्रीमान जतगबहादुरसँगै तीर्थयात्राका लागि भारत गएकी थिइन् ।

मंगलबार राति सवा ९ बजे भागलपुरको रजौन थाना स्थित केशव वाटिका नजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा अटोमा सवार कार्कीसहित दुई जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा कार्कीका श्रीमान जगतबहादुर र झापा बिर्तामोडका अनन्तलाल महतो पनि घाइते भएका छन् । बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको अटोमा १२ जना सवार थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ११ : ५१ बजे