१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

११ टेम्पो चालकसहित पत्रकार निरौला सम्मानित



बिर्तामोड–पत्रकार तुलसी निरौला सम्मानित भएका छन् । बिर्तामोडको हाम्रो टेम्पो हाउसले उनलाई सम्मान गरेको हो । पत्रकार निरौलासँगै ११ जना टेम्पो चालक पनि सम्मानित भएका छन् ।

विश्वकर्माको पूजाको अवसर पारेर बिर्ताज्योति साप्ताहिकका प्रकाशक निरौलालाई सम्मान गरिएको हो । उनलाई बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष प्रकाश सिवाकोटीले सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा टेम्पो चालकहरु लोकनाथ घिमिरे, खगेन्द्र बराल, नजरुल शेख, बीरबहादुर रसाइली, अनिल भण्डारी, धनबहादुर विश्वकर्मा, सन्तोष तामाङ, खगेन्द्र भट्टराई, बेदबहादुर बस्नेत र उत्कृष्ट कर्मचारी नवराज अन्सारी सम्मानित भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ६ : ५० बजे