१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जापानमा एक साताभित्र तीन नेपालीको मृत्यु



झापा– जापानमा एक साताभित्र तीनजना नेपालीको मृत्यु भएको छ। अध्ययन र रोजगारीका लागि गएका तीन नेपालीले यसै साता ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा धनकुटाका रबिन पौडेल, लमजुङका युवराज तामाङ र नुवाकोटका अनुज कार्की रहेका छन् । पौडेलको हृदयघातका कारण निधन भएको हो ।

तीनैजना नेपालीले मानसिक तनावका कारण ज्यान गुमाउनु परेको प्रारम्भिक अनुमान गरिएको छ । अपेक्षा अनुसार नहुँदा उनीहरू मानसिक तनावमा परेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एशिया प्रान्तका उपसंयोजक दीपक केसीले घटनाको पुष्टि गर्दै उनीहरूको शव स्वदेश पठाउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : ०१ बजे