१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चिया श्रमिकको आन्दोलन फिर्ता, ज्याला दिन उद्योगी तयार



झापा-पूर्वी नेपालका चिया श्रमिकको पूर्व घोषित आन्दोलन फिर्ता भएको छ । सरकारले तोके अनुसार ज्याला दिन चिया उद्यमी तयार भएपछि श्रमिकले आन्दोलन फिर्ता लिएका हुन् ।

यसअघि ज्याला कार्यान्वयन नभएको जनाउँदै चिया श्रमिकले सोमवारदेखि बगान र प्रशोधन कारखानाको काम रोक्ने घोषणा गरेका थिए । श्रमिक नेता दीपक तामाङले उद्योगीसँग भएको सहमति अनुसार आन्दोलन फिर्ता भएको बताए ।

आइतवार अपरान्ह भद्रपुरमा दुवै पक्षबीच वार्ता भएको थियो । वार्तामा श्रमिकले राखेका मुख्य दुई मुद्दामा उद्योगीले सहमति जनाएका हुन् । श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा सहमति भएको तामाङले जानकारी दिए ।

सरकारले श्रम ऐन अनुसार गत साउनदेखि लागू हुने गरी चिया श्रमिकको दैनिक ज्याला ५०० रुपैयाँ तोकेको थियो । अहिले चिया श्रमिकले दैनिक ४३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार ००:००  ९ : ४३ बजे